कोरोना भाइरसः भारतमा एकै दिन थप ३ लाख ८६ हजार बढी थपिए

जनकपुरधाम । भारतमा थप ३ लाख ८६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८८८ जनामा संक्रमण देखिएको छ ।

यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ५४ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ३ हजार ५०१ जनाले कोरोनाका कारण ज्यान गुमाए भने हालसम्म कोरोनाबाट २ लाख ८ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ ।

भारतपछि ब्राजिलमा कोरोनाका संक्रमित थपिएका छन् । ब्राजिलमा गत २४ घण्टामा ६९ हजार ७९ कोरोनाका संक्रमित थपिएका छन् । ३ हजार बढीले ज्यान गुमाएका छन् भने कोरोनाको थपिएका संक्रमित सँगै ब्राजिलमा १ करोड ४५ लाख ९२ हजार ८ सय ९६ जना कोरोनाका संक्रमित रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमणदर घट्दो क्रममा छ । गत २४ घण्टामा अमेरिकामा कोरोनाका ५७ हजार ३ सय ५४ जना संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३० लाख ४२ हजार १ सय ५३ पुगेको छ ।

हालसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख ८९ हजार १ सय ८१ जनाको ज्यान गइसकेको छ भने गत २४ घण्टामा करिव १ हजारको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस