सप्तरीको सप्तकोशी नगरपालिकामा अत्यावश्यक बोहकका सेवा बन्द

राजविराज, १७ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सप्तरीको सप्तकोशी नगरपालिकाले वैशाख २१ गते (मंगलबार)सम्मकालागि नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।

नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपमा फैलिएको र संक्रमण नियन्त्रण गर्न केही जिल्लाहरुमा निषेधाज्ञा समेत जारी भइसकेको अवस्थामा सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीद्वारा जारी गरिएको सूचनामा आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस