मधेशलाइभ समाचार प्रभावः अस्पतालमा थुपारिएको फोहोर उठाइयो

राजविराज, १७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा थुपारिएको फोहोर उठाइएको छ ।

फोहोर व्यवस्थापनमा भइरहेको लापरबाहीका कारण अस्पताल परिसर नै दुर्गन्धित बन्दै गएको ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएपछि सो फोहोर उठाइएको छ ।

अस्पतालबाट निस्कने सुइ, शिशा, रगतजन्य बस्तुहरु, औषधीका पत्ता, प्लास्टिकका सामग्री लगायतका फोहोर केही दिनदेखि खुल्ला (इर्मेजेन्सी वार्डको छेउमा)मै थुपारिएको थियो ।

फोहोर उठाउनेतर्फ अस्पताल प्रशासनको ध्यान नदिएका कारण तीमध्ये केही सामग्रीहरु गलेर दुर्गन्धित हुन थालेपछि उपचार सेवा लिन आउने विरामी र कुरुवाहरुलाई समस्या हुँदै आएको थियो ।

यसअघि प्रकाशित समाचारः

गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !

Author:



क्याटोगरी छान्‍नुहोस