मुख्यमन्त्री र आठ वटै जिल्लाका सिडिओबीच भर्चुअल सम्वाद

जनकपुरधाम, १७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसँग कोरोना महामारीको अवस्थाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री राउतले शुक्रवार भर्चुअल सम्वादमार्फत नयाँ भेरियन्टसहितका कोरोना संक्रमण बढ्दै गएको अवस्था, रोकथाम र नियन्त्रणकालागि भइरहेको प्रयासहरुबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेशबाट हुनसक्ने सहयोग र प्रदेश सरकारले चाल्नु पर्ने कदमबारे सिडिओहरुसँग सुझाव समेत लिए । सम्वादकै क्रममा मुख्यमन्त्री राउतले महामारीको रोकथाम र नियन्त्रणमा सबै शक्ति लगाएर कार्य गर्न सिडिओहरुलाई निर्देशन दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस