अस्पतालमा अक्सिजन सिलिन्डरको खाँचो, उपेन्द्र यादवले बढाए चासो

राजविराज, १५ जेठ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सप्तरी क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको पहलमा ल्याइएको सो अक्सिजन सिलिन्डर आज अस्पताललाई हस्तान्तरण गरिएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र जनता समावादी पार्टी प्रदेश २ का सचिव दिनेश कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई सिलिन्डर हस्तान्तर गरेका हुन् ।

अहिले केही दिनेखि विरामीको चाप घटे पनि दैनिक ५०–६० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको मेसु डा.झाले बताए । हाल अस्पतालमा १३० अक्सिजन सिलिन्डर रहेको ३० थप भएर १६० पुगेको मेसु डा.झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस