आज बजेट सार्वजनिक हुँदै

जनकपुरधाम, १५ जेठ । सरकारले आज आगामी आर्थिक २०७८–०७९ का लागि अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गर्दैछ । कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक गर्न लागिएको हो ।

जेठ १५ मा बजेट ल्याउनुै पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन गरिएको समयमा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

सवा १६ खर्ब बजेटको आकारको हुने जनाइएको छ । सो कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस