सप्तरीमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

राजविराज । सप्तरीमा कोरोना भाइरसको दोस्रो लहर (गत वैशाख ३ गतेपछि) फैलिएपछि अहिलेसम्म १६ सय ६१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट १४ सय ३४ जना र एन्जिेटन परिक्षणबाट २२७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये यो समाचार तयार पर्दासम्म ५५७ जना निको भएका छन् भने ७० जना संक्रमितको मृत्यु भइसकेको छ । हाल १ हजार ३४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यसअघि पहिलो लहरमा चैतको ३१ गतेसम्ममा सप्तरीमा कुल १८ सय ३३ जना संक्रमित भएका थिए । जसमध्ये ४१ जनाले ज्यान गुमाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस