कोशी नदीमा पानीको वहाव बढ्दो

राजविराज, १५ जेठ । निरन्तर भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव बढेको छ । आज दिउँसो ब्यारेज गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ९४ हजार ६९० क्युसेक पुगेको छ ।

अझै बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ । पानीको वहावलाई मध्यनजर गर्दै अहिले ५६ मध्ये १८ वटा ढोका खुला गरिएको छ भने नदी तटबन्ध क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस