लागूऔषध सहित ३ जना पक्राउ

जनकपुरधाम । बर्दियामा ६९४ ग्राम लागूऔषध चरेससहित ३ जना पक्राउ परेका छन् ।पक्राउमा पर्ने बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाकार बस्ने ४८ वर्षीय बल बहादुर कामी, बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय काली बहादुर चदारा रहेको छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको टोलीले शुक्रबार  पक्राउ  गरेको हो । उनीहरु शंकास्पद तरिकाले उभिएर कुरा गरिहेको थिए ।

प्रहरीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागूऔषध चरेस ६९४ ग्राम फेला परेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । प्रहरीले थप अुनसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस