प्रियंकाको प्रश्न–अझैं पनि आफुसँग नजर मिलाउन सक्छौं ए सरकार ?

जनकपुरधाम । नायिका प्रियंका कार्कीले कोरोना महामारीका कारण देखिएको समस्या प्रति गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सरकारलाई आग्रह गर्दै प्रश्नै प्रश्न तेर्साएकी हुन् ।

यस्तो छ उनको व्यक्त बिचारः

हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध !

आखा खोलेर एक पटक निहालेर देशको स्तिथि हेरनूस !
आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन !
यो आहिले प्राथमिकतामा पर्देंन । यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ?
देश हाकने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?
हजारौंको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउँ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो?
यो सब देखदा देखदै पनि आहिलेको नाजूक घड़ीमा ४० अरब चूनावमा खर्च गर्ने? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने ?
अझै पनि आफूले आफुसँग नज़र मिलाउन सकछौं ए सरकार ? राति निंद्रा राम्रो लाग्छ ?
तिम्रो देश जलिरहेको छ । जनताहरू मरीरहेका छन । आक्रोश फैलिएको छ। त्रास छ। डर छ।
अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस् ? ४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो।
जनता रहे त देश रहनछ नि होइन र ?
चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि !
चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।
बिनर्म अनुरोध।
(प्रियंका कार्की)

Author:



क्याटोगरी छान्‍नुहोस