स्थानीय तहमा स्वास्थ्य बिमा गर्न ७ अर्ब ५० करोड विनियोजन

जनकपुरधाम । सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेका हुन् ।

न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको उनले बताए ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस