छाक टार्न समस्याले आहतमा परेका मुसहर परिवारलाई राहत

सप्तरी, १५ जेठ । सप्तरीमा छाक टार्न समस्या खेप्दै आएका १ सयभन्दा बढी मुसहर परिवारलाई खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराइएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न जारी गरिएको निषेधज्ञाले ज्याला मदजुरी गर्न नपाएर समस्यामा परेका कञ्चनरुप नगरपालिकाका ती परिवारलाई खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराइएको हो ।

स्टोरीज अफ नेपाल समुुदायको सहयोग तथा दलित सरोकार मञ्च नेपाल र कञ्चनरुप नगरपालिका–८ को समन्वयमा उनीहरुलाई आज (शनिवार) राहत वितरण गरिएको छ । वडा नम्वर ५ पिप्रा, रामपुर पथरी र वडा नम्वर ४ बकालमाका मुसहर समुुदायलाई राहत वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताए ।

२५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ३ किलो मुरही, २ किलो प्याज र सरसफाई तथा व्यक्तिगत सुरक्षाका लागि एक पकेट माक्स (५० पिस), ६ ओटा हाथ धुने साबुुन, ६ वटा कपडा धुने साबुुन, २ पकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको उनले बताए ।

रमरणहोस्, गत बर्ष जेठ ५ गते खानै नपाएर रामपुर पथरीका मलर सदाको मृत्युु भएको थियो । मृतक सदाकी पत्नी जलेश्वरी देवी सदाले कोरोनाका कारण चारैतिरबाट घेरिएको बेला घरमै राहत पुुर्याइएकोमा धन्यवाद दिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस