राजविराज, १५ जेठ । सप्तरीमा आज (शनिवार) थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १७ जनामा पिसिआर र २ जना एन्टिजेटन परिक्षणबाट संक्रमण पुष्टि भएको हो ।
रुपनी गाउँपालिकाका १ महिला र १० पुरुष, विष्णुपुर गाउँपालिकाका २ पुरुष, अग्नीसाइकर कृष्णासवरण गाउँपालिकाका २ महिला, खडक नगरपालिकाका १ महिला, महादेवा गाउँपालिकाका १ पुरुष र सप्तकोशी नगरपालिकाका २ जना पुरुषमा संक्रमण संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यससहित सप्तरीमा संक्रमितको संख्या १६ सय ८० पुगेको छ । संक्रमितमध्ये ५५७ जना निको भएका छन् । हाल सप्तरीमा १ हजार ५१ जना सक्रिय संक्रमित छन् । यसैगरी आज थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७२ पुगेको जनाएको छ ।