महामारीकै बीच ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

जनकपुरधाम । सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य सरकारले लिएको हो ।

आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत मात्र रहने संशोधित अनुमान गरेको थियो । तर, स्वयं अर्थमन्त्रीले बजेट भाषणका दौरान सो लक्ष्य समेत भेट्न नसक्ने स्वीकार गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780