पश्चिमी र स्थानीय वायुको प्रभावले मुलुकभर वर्षा

जनकपुरधाम । मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ । यसैको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।

सोही प्रभावले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले विहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली देशैभर मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भाबना रहेको छ । बुधबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस