सरकारमा सहभागी हुँदै जसपाका महन्थ–राजेन्द्र पक्ष

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सरकारमा सहभागीताबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरू ठाकुर–महतोबीच छलफल भइरहेको छ ।

यसअघि नै जसपालाई ८ वटा मन्त्रालय दिने समझदारी नै भइसकेको छ । ८ वटा मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने बताइएको छ ।

सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस