सिरहाका थप १० जनामा कोरोना संक्रमण

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका ३ मा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कन्याक्ट ट्रेसिङका आधारमा २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु सवै गोलबजार नगरपालिका ३ का वासिन्दा हुन् । बाँकीको परीक्षण प्रकृयामा रहेको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । उनले आफ्नो वडाबाट सङ्कलन गरेको स्वाब मध्ये २४ जनाको मात्र परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अधिकारीमार्फत जानकारी प्राप्त भएको बताए । ५२ जनाको स्वाव सङ्कलन गरिएकोमा २४ जनाको परीक्षण गरिएको उनले बताए । उनले बाँकीको परीक्षण प्रकृयामा रहेको जनाए ।

कोभिडको दोस्रो लहरपछि सिरहामा यो सहित ६१ जनामा सङ्क्रमण देखिएको छ ।  जसमध्ये ११ जना निको भइसकेका छन् । तीमध्ये ७ जना आईसोलेशनमा रहेका छन् ।

त्यस्तै  १ जना विराटनगर र अर्को १ जनाको धरानमा उपचार भइरहेको छ । बाँकी होम आईसोलेशनमा रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना गोलबजार नगरपालिकाका रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस