कोभिड–१९ मा खटिएका जनशक्ति संक्रमित भए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने

जनकपुरधाम, १९ वैशाख । प्रदेश २ मा कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । आज (आइतवार) प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट सो निर्णय भएको हो ।

सोही बैठकले आगामी दिनमा बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेशभरिका निजी अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरि संचालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पिसिसिएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव लगायतका प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस