शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन : उपेन्द्र यादव

जनकपुरधाम, १९ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन भएको दावी गरेका छन् ।

आइतबार अबेर एक विज्ञप्ति जारी गर्दे यादवले भनेका छन्–हाम्रो पार्टी लगायतको विपक्षी गठबन्धनले प्रस्तावित गरेको मुख्यमन्त्रीका उम्मेदवार कुल प्रसाद केसीलाई समर्थन गरिसकेको स्थितिमा प्रदेश प्रमखले पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन पनि हो।’

यादवले प्रदेशसभाको बहुमतअनुरूप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान समेत गरेका छन्।

‘तसर्थ हाम्रो पार्टी लुम्बनी प्रदेशमा घटेका यी असंवैधानिक कदमको कडा विरोध तथा भत्सर्ना गर्नुका साथै नेपालको संविधानबमोजीम विधि र प्रक्रियालाई अविलम्ब सुचारू गर्न तथा प्रदेशसभाको बहुमतअनुरूप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस