आजदेखि आन्तरिक उडानमा रोक

जनकपुरधाम, २० वैशाख । सरकारले आज (सोमबार) देखि आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसअनुसार आइतबार बेलुका प्रधानमन्त्री एवं मन्त्रिपरिषदको बैठकले आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज मध्यरातिदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ भने वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस