बढ्दो कोरोनाले राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम । मुलुकमा बढ्दो रुपमा देखिएको कोभिड–१९ संक्रमणका कारण राष्ट्रिय जनगणना अनिश्चितकालकालागि स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ औं राष्ट्रिय जनगणना अनिश्चितकालिकालागि स्थगित गर्ने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले बताइन् ।

उनका अनुसार कोरोना संक्रमणको महामारी कम भएपछि पुनः सूचारु गरिनेछ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने १२ औँ जनगणना गर्ने तयारी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस