लहान, २० वैशाख । जिल्ला प्रशासन कार्यालय सिरहामा आज (सोमबार)देखि अनिश्चितकालका लागि अत्यावश्यक बोहकका सेवा प्रवाह स्थगित भएको छ ।
सूचना जारी कार्यालयको परिसरमै रहेको राजश्व संकलन काउण्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बोहकका सेवा प्रवाह स्थगित गरिएको जनाएको छ ।
कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि पिसिआर परिक्षण गराएको र सोको रिपोर्ट नआएसम्मकालागि सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जारी गरेको सूचनामा उल्लेख छ ।