राजविराज, २० वैशाख । सप्तरीमा आज (सोमबार) मात्रै ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या १३२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार सोमबार ६५ जनाको पिसिआर परिक्षण आउँदा ४१ जना पोजेटिभ आएको हो । राजविराज नगरपालिका–८ र ६ का ४–४ जना तथा वडा नम्वर १, ७ र ९ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी रुपनी गाउँपालिका–१ का ३ र २ का १ जना, राजगढ गाउँपालिका–३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका–२ का ४ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।
यसैगरी, सप्तकोशी नगरपालिका–१ का २ जना, डाकनेश्वरी नगरपालिका–९, ७ र १० का १–१ जना, बोदे बरसाइन नगरपालिका–४ र ६ का १–१ जना, महादेवा गाउँपालिका–३ का २ जना, वडा नम्वर ४ का ३ जना र खडक नगरपालिका–४ का १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।