प्रदेश प्रमुख नियुक्तः सुदूरपश्चिममा सप्तरीका यादव र गण्डकीमा पोडेल

जनकपुरधाम । सरकारले सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यससँगै रिक्त पदमा मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई नियुक्तको सिफारिस गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

सप्तरी निवासी यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी त्यतिवेला राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, २०७४ सालको प्रतिनिधिसभा चुनावअघि उनी एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस