प्रदेश २ सरकारद्वारा अस्पतालका लागि ४१७ दरबन्दी थप गर्ने निर्णय

जनकपुरधाम, २० वैशाख । प्रदेश २ सरकारले कोभिड–१९ संक्रमणको महामारीलाई लक्षित गरी प्रदेशभरका अस्पताल तथा प्रयोगशालामा आवश्यक पर्ने ४१७ वटा अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषदको सम्पन बैठकले सो निर्णय गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२–३२ लहान अस्पतालका लागि २३ तथा भारदह र पोखरिया अस्पतालका लागि १५–१५ वटा दरबन्दी थप गर्ने निर्णय भएको हो ।

बढ्दो कोभिड–१९ को महामारीमा पनि ती अस्पताल तथा प्रयोगशालामा अभाव रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पूर्ति गरेर रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा हुनसक्ने उद्देश्यले दरबन्दी थप गरिएको उनले बताए । थपिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्म छन् ।

सो दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको मन्त्री साहले बताए । सोही बैठकबाट प्रदेशका ८ वटै जिल्लामा कोभिडको अवस्था र समस्या वुझेर समाधानको पहल गर्न मन्त्रीहरुलाई जिम्मेवारी तोकिने निर्णय गरेको छ ।

जसअनुसार सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय र बारा तथा पर्साकालागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780