प्रदेश-२ मा कोभिड-१९ संक्रमणबाट ४ को मृत्यु, थपिए २७९ संक्रमित

जनकपुरधाम । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ६८ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, नोबेल अस्प्ताल, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ९० महिला र १ सय ८९ पुरुषसहित २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३७ पुगेको छ।

सोमबार पर्सामा ९१, धनुषामा ७३, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९, सर्लाहीमा ६ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस