सप्तरीमा जोर-विजोर: उल्लङ्घन गर्ने १७२ सवारी चालक कारबाहीमा परे

राजविराज, २० वैशाख । सप्तरीमा जोर-विजोर प्रणाली उल्लङ्घन गर्ने १७२ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा १३ जना चार पाङ्ग्रे र १५९ जना मोटरसाइकल चालक छन् ।

उनीहरूले आज (साेमबार) जाेर नम्बरको पालाे रहेकोमा विजार नम्बरको सवारी चलाइरहेकाले कारबाहीमा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

सवारीका धनीहरुबाट सय रुपैयाँ जरिवाना गरि छाडिएको उनले बताए । स्थानीय प्रशासनले बढ्दाे काेभिड-१९ संक्रमणकाे बेला पनि हुने गरेको भीडभाडलाई कम गर्न गत शनिबारदेखि सप्तरीमा जोर-विजोर प्रणाली लागु गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस