सप्तरीका एक कोरोना संक्रमितको कोशी अस्पतालमा मृत्यु

राजविराज, २२ वैशाख । सप्तरीका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा आज (बुधवार) मृत्यु भएको छ ।

छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड अस्पतालमा विहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार विरामी परेपछि उनलाई उपचारको लागि अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि निमित्त प्रमुख यादवले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस