माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।

हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाइएको जनाएको छ ।

गत फागुन २८ गते सर्वोच्चको आदेशअनुसार एमाले र माओवादी केन्द्र ब्युतिएपछि पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा भने समर्थन फिर्ता लिएका थिए ।

अहिले प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदमा विश्वाशको मत लिने निर्णय गरेपछि माओवादीले सर्मथन फिर्ताको औपचारिकता पूरा गरेको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार वैधानिक रुपमा अल्पमतमा परेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस