राजविराज, २२ वैशाख । सप्तरीमा आज (बुधवार) १० महिलासहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितमध्ये राजविराज नगरपालिकाकै १६ जना छन् । वडा नम्वर–२ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएका अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए ।
यसैगरी सुरुङ्गा नगरपालिका–१ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–१ की ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राजगढ (बेल्ही चपेना) गाउँपालिका–५ की ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले बताए ।
योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा यसअघि मंगलबार एक सञ्चारकर्मीसहित ३९ र सोमवार ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।