पत्रकार महासंघलाई मास्क र पिपिई प्रदान

राजविराज, २२ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक संस्थाले आज नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई मास्क र पिपिई उपलब्ध गराएको छ । मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज–४ ले संक्रमणमा पत्रकारहरुलाई रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले मास्क र पिपिई उपलब्ध गराएको हो ।

संस्थाका उपाध्यक्ष इर्साद अंसारीले महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवलाई १४ थान केएन–९५ मास्क र १० थान पिपिई हस्तान्तरण गरेका छन् । जनतालाई सुसूचित गराउने दायित्वमा रहेका पत्रकारहरुलाई संक्रमणको जोखिमको बेला ट्रष्टले सके जति गरेको सहयोगले केही हदसम्म सहज हुने उपाध्यक्ष अंसारीले विश्वास ब्यक्त गरे ।

महासंघलाई मास्क र पिपिई उपलब्ध गराई सहयोग गर्नु हुने ट्रष्ट परिवारलाई शाखाका अध्यक्ष देवले धन्यवाद ज्ञापन गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस