सिरहाका सिडिओद्वारा जारी गरिएको आदेश आजबाट लागु, के गर्न पाइने/के गर्न नपाइने ?

लहान, २३ वैशाख । सिरहामा कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट जारी भएको आदेश आजबाट लागु भएको छ । डिसिसिएमसीको बैठकले विभिन्न मितिमा भएको निर्णय अनुसार १० बुँदे आदेश जारी भएको हो ।

सिडिओ प्रदिप राज कणेलबाट जारी भएको आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको सूचनामा छ ।

के गर्न पाइने/के गर्न नपाइने ?

१. यसअघि अवम्वन गरिएका हाट, बजार, मेला, भेला, सामुहिक भोज, नाचगान, जुलुस र्याली नगर्ने नगराउने । तर, निधो भइरहेको विवाह र धार्मिक सांस्कृतिक कृत्य स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अवलम्वन गर्ने शर्तमा पालिकाको स्वीकृतिमा मात्र २५ जनामा नबढ्ने गरी सम्पन्न गर्ने ।

२.शैलुन, जिमखाना, स्पा., साउना सञ्चालन नगर्ने ।

३. स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई औषधी, पानी, दुध डेरी र पेट्रोलियम पदार्थ निर्वाध रुपमा व्यवसाय गर्ने ।

४. खाद्यान्न, फलफुल र तरकारी विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म, निर्माण सामग्री खसाली भण्डारण गर्न बाहेक विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म व्यवसाय गर्ने ।

५. कृषि, उद्योग तथा विकास निर्माण स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा अपनाइ उत्पादन तथा वितरण गर्न पाइने तर हाट बजार लगाउन नपाउने ।

६ं म्याजिक, अटो रिक्सा, बस तथा निजी सवारी समेतमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अवलम्वन गरी सित क्षमता भन्दा बढी यात्रु वाहक नराख्ने र सार्वजनिक यातायातमा तोकिएको भाडाभन्दा बढी नलिने÷नदिने ।

७. भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुरुप जोर विजोरमा मात्र चल्ने । यसमा दमकल, एम्बुलेन्स, सुरक्षा निकाय, अस्पताल, अत्यावश्यक पदार्थ ढुवानी तथा आपतकालिन उद्धारका सवारी साधन चल्ने ।

८. टेक अवे, होम डेलिभरि बाहेक विहान ८ बजेदेखि बेलुकी ८ बजे बाहेकको समयमा होटल तथा रेष्टुरा सञ्चालन नगर्ने । सो समयमा समेत स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अवलम्वन गर्नुपर्नेतर्फ अनुगमन गर्ने ।

९. सिसिएमसी को वैशाख १२ गतेको सूचनाअअनुसार उल्लेखित व्यवस्था अनुरुप भौतिक उपस्थितीमा शिक्षण कक्षा वा परिक्षा सञ्चालनमा रोक लगाए अनुरुप सञ्चालन नगर्ने ।

१०. यस अघि अवलम्वन गरिएको माास्क नलगाई हिड्ने वा भौतिक दुरी समेत कायम नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने ।

Author:



क्याटोगरी छान्‍नुहोस