जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोसहित उनका श्रीमान् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएको छ ।
यसबारे मन्त्री महताेले ट्विटरमा लेखेकी छन्, ‘छिट्टै नै पूर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दस औँला जोडेर सबैलाई बिनम्र आग्रह छ – सजग बनौँ !’ आफू डाक्टरहरूकाे निगरानी र परामर्शमा रहेको बताइन् ।
मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु।
दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ – सजग बनौं ! 🙏— जुली महतो (@julimahto) May 5, 2021
यसअघि पर्यटनमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री टोपबहादुर रायामाझी र खानेपानीमन्त्री मणि थापालाई कोरोना पुष्टि भएको थियो ।