सप्तरीमा जोर-विजोर : उल्लङ्घन गर्ने ३१ सवारी चालक कारबाहीमा परे

राजविराज । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका ३१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका ४ वटा चारचक्के,१२ वटा तीनचक्के र १३ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण तथा रोकथामका लागि जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन भनिएपनि उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई सवारी धनीलाई जरिवाना गरिएको काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस