दिपायलमा कार्यरत सप्तरीका एक युवकको कोरोनाबाट मृत्यु

राजविराज, २४ वैशाख । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत सप्तरीका एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोना संक्रमणपछि उपचाररत कञ्चनरुप नगरपालिकाका ३० वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर मल्लले बताए ।

केही दिनअघि उनमा संक्रमण पुष्टि भएपछि गत वैशाख २२ गते नै जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । सोही क्रममा उनको मृत्यु भएको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले बताए । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा उनी इन्जिनियर पदमा कार्यरत थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस