जनताको जीवन रक्षा नै हाम्रो प्रमुख जिम्मेवारी: मुख्यमन्त्री राउत

जनकपुरधाम, २७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताको जीवन रक्षा नै हाम्रो प्रमुख जिम्मेवारी रहेका छन् ।

आज (सोमवार) कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहयोग तथा सहकार्यको लागि पालिकाका प्रमुखहरुसँगको भर्चुअल छलफलमा उनले यस्तो बताएका हुन् । ‘पहिलेभन्दा अहिले अलि भयावह छ, त्यसैले ध्यान दिएर कार्य गर्न आवश्यक छ’ उनले भने–‘प्रदेश सरकारले गर्न सक्ने हरेक सहयोग गछौं ।’

अस्पतालमा जनशक्ति र उपकरण तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुको बीमा, भत्ता सहितका कुराहरु पुर्ति गर्नेतर्फ पहल भइरहेको उनले बताए । ‘हाम्रो क्षमताले भ्याएसम्म महामारी नियन्त्रणमा कुनै कसर बाँकी राख्दैनौं’ उनले भने–‘हामी/तपाई मिलेर यो महामारीसँग लड्नुपर्छ र जित पनि निश्चित हाम्रै हुन्छ ।’

मुख्यमन्त्री राउतले स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिहरुले महामारी नियन्त्रणमा गरिरहेको कार्यको लागि धन्यवाद समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस