मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई कुन आधारमा विश्वासको मत दिनुपर्ने हो ? : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कुन आधारमा विश्वासको मत दिनुपर्ने हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई किन विश्वास दिने भनेर उनले सोधेका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा ओलीले दिएका अधिव्यक्ति स्मरण गराएका थिए । ओलीले विगतमा मधेसलाई युपी बिहारसँग तुलना गरेको, मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेको स्मरण गर्दै यादवले प्रधानमन्त्रीलाई सोधे, ‘अहिले मधेसीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई-चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाउएर फकाउँहुनुहुन्छ तपाईं ?’

प्रधानमन्त्री ओलीले संघीयता, समावेशिताविरुद्धमा काम गरेको यादवको भनाइ थियो । उनले प्रदेशहरूलाई संघीय सरकारका प्रशासनिक इकाई भनेर, संघीय लोकतन्त्रिक गणतन्त्र नेपाल लेख्ने क्रम अन्त्य गरेर र विभिन्न नियुक्तिमा समावेशिता नअपनाएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

जुन प्रतिनिधिसभालाई विश्वास नगरी असंवैधानिक रूपमा विघटन गरिएको हो त्यहाँ नै विश्वासको मत माग्न कसरी आएको हो भनेर प्रधानमन्त्री ओलीलाई यादवले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले विगतमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने गरेको तर अहिले त्यस्तो अवस्था नरहेको यादवको भनाइ थियो । ‘आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?,’ यादवको भनाइ थियो ।

यादवले आफ्ना पक्षका सांसदले विश्वासको मतको विपक्षमा मत दिने र वैकल्पिक सरकार खोज्ने निर्णय भएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780