चार हजारभन्दा बढी कोरोना संक्रमित निको भए

जनकपुरधाम, २७ वैशाख । नेपालमा थप ४ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको दैनिक अपडेटमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

योसँगै नेपालमा निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । हाल नेपालमा ९३ हजार १४१ जना सक्रिय संक्रमित छन् ।

यसैगरी सोमवार थप ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ । सोही अवधिमा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस