काेभिड-१९ नियन्त्रण गर्न ७४ वटा जिल्लामा निषेधाज्ञा

जनकपुर। काेभिड-१९ संक्रमणकाे महामारी नियन्त्रण तथा राेकथाम गर्न सरकारले ७४ वटा जिल्लामा निषेधाज्ञा विस्तार गरेको छ । गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्ला ४ दिनमा नेपालमा २० हजार ५ सय ६९ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने शनिवार ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो ४ दिनमा ७ सय ७१ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780