कोरोनाः मृतक पत्रकारका परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने

जनकपुरधाम, २ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप तत्काल ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतवार प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आयोजना गरिएको भर्चुअल छलफलबाट रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवका परिवारलाई राहत स्वरुप सो रकम सहयोग गर्ने निर्णय गरिएको हो ।

सोही छलफलबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति पनि चयन गर्ने निर्णय भएको हो । अध्यक्ष कर्णकै नेतृत्वमा समिति चयन गर्ने निर्णय भएको छ ।

बैठकबाट मृतक परिवारका सन्तानलाई निःशुल्क पठनपाठनको व्यवस्था, संक्रमित पत्रकारहरुलाई निःशुल्क उपचार, प्रत्येक जिल्लामा पत्रकार स्वस्थ्य बिमा, दैनिक समाचार संकलन गनेहरुका लागि तत्काल स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्न पहल गर्ने लगायतका विषयमा छलफल भएको जनाएको छ ।

यसैगरी निषेधाज्ञाको अवधीमा पत्रपत्रिकाहरु प्रेस काउन्सिलमा समयमै पठाउन नसकिने भएकाले लोकल्याणकारी विज्ञापत वापत आउने रकम कट्टा नगर्नकालागि पहल गर्ने विषयमा पनि छलफल भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस