मदनका नाममा स्वार्थको रोटी सेक्न छाडौं : डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गर्नुपर्ने बताएका छन् ।

डा.भट्टराईले सोमवार २८औं मदन–आश्रित स्मृति दिवसका दिन ट्वीट गर्दै मदन–आश्रितको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउनुपर्ने पनि बताए । मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र उनका उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उक्त रहस्य सुल्झाउनु पर्ने भट्टराईको भनाइ छ ।

उनले लेखेका छन्, ‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन१ मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं!’

Author:



क्याटोगरी छान्‍नुहोस