आज पनि सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु

राजविराज, ३ जेठ । सप्तरीमा आज (सोमबार) थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका–९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

नोबेल अस्पताल बिराटनगरमा तिन दिनदेखि भेन्टिलेटरमा उपचारका क्रममा बिहान करिब साढे ९ बजेको समयमा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस