प्रदेश २ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण

जनकपुरधाम । केन्द्रीय तथ्यांक विभागले प्रदेश २ को आर्थिक वर्ष २०७७–७८ मा आर्थिक वृद्धिदर बढ्ने अनुमान सार्वजनिक गरेको छ । प्रदेश २ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्षमा प्रदेश २ को आर्थिक वृद्धिदर १.६ प्रतिशतले ऋणात्मक भएको थियो । प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत कायम भइ अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको अनुमान गरिएको छ ।

त्यस्तै बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर अनुमान ४.०८ प्रतिशत भन्दा केही माथि ४.७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले ऋणात्मक भएको थियो ।

प्रदेशहरूमध्ये बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो १६ खर्ब ८ अर्ब रुपैयाँको हुने अनुमान छ । बागमतीपछि सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को छ । प्रदेश १ को अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

प्रदेश १ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ऋणात्मक १.२ प्रतिशतबाट चालु आर्थिक वर्षमा ३.६ प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको अर्थतन्त्रको हिस्सा ३७.७ प्रतिशत छ ।

त्यस्तै गत आर्थिक वर्षमा ऋणात्मक नभएका कर्णाली र सुदुरपश्चिम प्रदेशको अर्थतन्त्र यस आर्थिक वर्षमा क्रमशः ३.६ र ३.४ प्रतिशतले बढ्ने अनुमान छ ।

कर्णाली र सुदुरपश्चिमको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७७–७८ मा १ खर्ब ७२ अर्ब रुपैयाँ र २ खर्ब ९४ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

त्यस्तै,गण्डकी र लुम्बिनी प्रदेशको अर्थतन्त्र यस वर्ष ३.६ र ३.९ प्रतिशतले विस्तार भइ क्रमशः ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780