सप्तरीमा १३९ को परिक्षण हुँदा ५३ जनामा कोरोना पुष्टि, कहाँका कति ?

राजविराज, ५ जेठ । सप्तरीमा बुधवार थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३९ जनाको परिक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकाका व्यक्तिहरुमा संक्रमण देखिएको हो । हनुमाननगर कंकालिनी नगरपालिका–१ का २ पुरुष र १ महिला, ३ का ९ पुरुष र ३ महिला, ४ का ३ पुरुष, ८ का १ पुरुष तथा वडा नम्वर ९ का २ पुरुषमा संक्रमण देखिएको उनले बताए ।

यसैगरी कञ्चनरुप नगरपालिका–१ की १ महिला, तिलाठी कोइलाडी गाउँपािलका–४ का १ पुरुष र १ महिला, ६ का १ पुरुष तथा ८ का १ पुरुष, बोदे बरसाइन नगरपालिका–२ का १ पुरुष, ४ का १ पुरुष, ५ का २ पुरुष, ७ का १ पुरुष र १ महिला, ९ का १ पुरुष र १० का २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बलान विहुल गाउँपालिका–५ का १ पुरुष, रुपनी गाउँपालिका–३ का १ पुरुष, ९ का १ पुरुष, राजगढ (वेल्ही चपेना) गाउँपालिका–६ का १ पुरुष, महादेवा गाउँपालिका–१ का १ पुरुष, राजविराज नगरपालिका–२ का २ पुरुष, ३ का १ पुरुष, ४ की १ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का १ पुरुष र २ महिलामा संक्रमण देखिएको निमित्त प्रमुख यादवले बताए ।

यसैगरी छिन्नमस्ता गाउँपालिका–७ का १ पुरुष, खडक नगरपालिका–९ की १ महिला, सुरुङ्गा नगरपालिका–११ का १ पुरुष र अग्निसाइकर कृष्णासवरण गाउँपालिका–२ की २ महिला, ४ का १ पुरुष, ५ का १ पुरुषमा संक्रमण देखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780