जनकपुरधाम । एनसेलले कोभिड–१९ सम्बन्धी हटलाइनमार्फत निःशुल्क परामर्श सेवा सुरु गरेको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा हटलाइनमार्फत निःशुल्क परामर्श सेवा सुरु गरेको हो ।
देशभरी होम आइसोलेशनमा बसेका बिरामीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीसँग २४ औं घण्टा परामर्श प्रदान गरिने एनसेलले जनाएको छ । परामर्शको लागि ९८०५५५४५०० नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।