भर्चुअल विशेष अनुष्ठानः कोरोना नियन्त्रण र उपचारका लागि मद्दत पुग्ने दावी

सुनसरी, ८ जेठ । सुनसरीको चतरामा कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि हिमालयन सिद्धमहायोगको माध्यमबाट १५ दिने विशेष अनुष्ठान गरिने भएको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो ।

सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्येक्ष प्रसारण शनिवार भर्चुअलमाध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । अनुष्ठान पनि भर्चुअल माध्यमबाटै आयोजना गरिने र लाखौं सर्वसाधारणलाइ सहभागी गराइने र कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सात्विक दिनचर्या, भोजन, योग, आयुर्वेदिक उपचार प्रद्धति लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

विशेष अनुष्ठान कार्यक्रम अन्तरगत प्राचीन हरिद्धारको रुपमा रहेको चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुई घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाई प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जनाएको छ ।

पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा, रोगी व्यक्तिको रोग निर्मुल पार्न तथा अहिलेको अवस्थामा कोरोना महामारीबाट आम सर्वसाधारणको जीवन रक्षा गर्ने उद्धेश्यले अनुष्ठान आयोजना गर्न लागिएको बताए ।

कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको बेला विपत्तीको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम आयोजनाको निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले बताए ।

पत्रकार सम्मेलनमा पिठका बरिश्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी, उपाध्यक्ष विश्वप्रकास पंडित, शिवराज पौडेल लगायतले अनुुष्ठानबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780