सप्तरीका थप दुई जनाको कोरोनाबाट मृत्यु

राजविराज, ८ जेठ । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका पछिल्लो २४ घण्टामा दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिका–१२ का ७० र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार ७० वर्षीयको आज विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको मृत्यु भएको छ । उनमा जठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ४२ वर्षीयको हिजो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा पनि जेठ ४ गते नै संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस