थप कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गराउन सर्कुलर

जनकपुरधाम । कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ ।

गृह मन्त्रालयले शनिवार सबै प्रजिअलाई ‘निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गराउन’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए । सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो ।

सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ । कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस