कोरोनाको दोस्रो लहर : सिरहामा ४३ जना संक्रमितले गुमाए ज्यान

जनकपुरधाम । कोरोना भाइरसको दोश्रो लहरमा सिरहामा हालसम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै सिरहामा कोरोना संक्रमितको सङ्ख्या ४३ पुगेको हो ।

सिरहामा हालसम्म २ हजार ३ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमा ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार ६० जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म १ सय ३० जना संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ सय ८९ रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । त्यसमध्ये ५ सय ५४ जना संक्रमित होम आइसोलेसनमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस