लागुऔषधसहित ४१ वर्षीया महिला पक्राउ

बिराटनगर । विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपानेलाई पक्राउ गरेको हो ।

शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो । उक्त प्रहरी टोलीले शङ्का लागेर न्यौपानेले बोकेको झोला खानतलासी गर्दा लागुऔषध डाइलेक्स डिसी ५० बोतल, नाइट्राभेट १०० ट्याब्लेट, स्पास्मो–प्रोक्सिभन प्लस ४३२ चक्की भेटिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस